• समाचार
  • प्रदेश
  • विश्व
  • शिक्षा समाचार
  • स्वास्थ्य
  • विज्ञान/प्रविधि
  • खेलकुद
  • अर्थतन्त्र
  • राजनीति
  • जीवनशैली
  • कला मनोरंजन
  • अन्तर्वार्ता
  • अविस्कार
  • अन्य
  • नेपालमा थप २१ जना कोरोना संक्रतिको मृत्यु
  • About us
  • Contact us
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज / Breaking News

    मोरङका विभिन्‍न क्‍वारेन्टाइनमा बसेका सय जना घर फर्किए

  • वीरगंज संजाल
  • ३ बैशाख २०७७, बुधबार १५:२९
  • ४०७३

    विराटनगर | मोरङका विभिन्न स्थानमा राखिएका क्वारेन्टाइनमा बसेका सयजना घर फिर्ता भएका छन् । कोरोना भाइरस संक्रमण नियन्त्रण गर्न सम्भावित बिरामीलाई राख्न जिल्लाका ६ स्थानमा क्वारेन्टाइन केन्द्र छन् । तिनमा रहेका १ सय ७६ जनामध्ये सय जना घर फर्केको मोरङ प्रहरीले जनाएको छ ।



    क्वारेन्टाइनमा बस्नेहरुमा संक्रमणको लक्षण नदेखिएपछि घर फिर्ता गरिएको हो । प्रदेश १ मा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र विराटनगरस्थित कोसी अस्पतालमा कोरोना संक्रमण भए, नभएको परीक्षण गर्ने गरिएको छ । यसबाहेक विभिन्न स्थानमा र्‍यापिड टेस्ट विधिमार्फत् पनि प्रारम्भिक परीक्षण भइरहेको छ ।



    मोरङको टाँडीस्थित आर्मी क्याम्पसमा रहेका १ सय ५१ मध्ये ९७ जना फिर्ता भएका छन् । यसैगरी घिनाघाटस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको क्वारेन्टाइनमा बसेका ११ जनामध्ये ३ जना घर गएका छन् ।



    जहदास्थित दुर्गा माध्यमिक विद्यालयको क्वारेन्टाइनमा दुई जना बस्दै आएका छन् । यसैगरी धनपालथानको स्वास्थ्य चौकीमा एक, सुनबर्षी प्राथमिक स्वास्थ्य केन्द्रमा ८ र रंगेलीस्थित अस्प्तालमा ३ जना बस्दै आएका छन् । सबै क्वारेन्टाइनमा गरी २ सय ४८ शय्या राखिएको छ ।



    मोरङका विभिन्न ५ स्थानमा ९६ शय्या रहेको आइसोलेसन केन्द्र छन् । तीमध्ये कोसी अस्पतालमा आइसोलेसनमा राखिएका १२ जनामध्ये ११ जना घर फर्केका छन् । उनीहरुको स्वाब नमुना परीक्षणमा संक्रमण नदेखिएपछि घर फर्काइएको प्रहरीले जनाएको छ । त्यहाँ अब एकजना मात्र छन् । उनी चिकित्सकको रेखदेखमा बसिरहेका छन् ।



    यसैगरी गोठगाउँस्थित पूर्वाञ्चल विश्वविद्यालयको आइसोलेसनमा बसेका तीनै जना फिर्ता भएका छन् । तीबाहेक विराटनगरस्थित नेसनल ट्रेडिङमा ५०, ग्रामथानस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा १८, पथरी अस्पतालमा ८ शय्याको आइसोलेसन राखिएको छ । त्यहाँ हालसम्म कसैलाई पनि आइसोलेसनमा नराखिएको जनाइएको छ ।



    मोरङ प्रहरीका अनुसार मोरङका विभिन्न स्थानका गरी ८३ हजार १ सय १२ विपन्न परिवारलाई राहत वितरण गरिएको छ । उनीहरुलाई करिब तीन लाख किलो चामल, १ लाख ७३ हजार किलो दाल, आलु, नुन, तेल, दूधलगायत सामग्री वितरण गरिएको प्रहरीले जनाएको छ ।



    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • जसपाले मात्र वीरगञ्जको विकास गर्न सक्ने सिर्सियावासीको भनाई
  • रुसले ग्यासको व्यापारलाई हतियार बनाएको जेलेन्स्कीको आरोप
  • आईपीएलमा दिल्ली र कोलकाता भिड्दै
  • राप्रपा नेपालका केन्द्रीय उपाध्यक्ष पौडेलले गरे पार्टी परित्याग
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    जसपाले मात्र वीरगञ्जको विकास गर्न सक्ने सिर्सियावासीको भनाई

    रुसले ग्यासको व्यापारलाई हतियार बनाएको जेलेन्स्कीको आरोप

    आईपीएलमा दिल्ली र कोलकाता भिड्दै

    राप्रपा नेपालका केन्द्रीय उपाध्यक्ष पौडेलले गरे पार्टी परित्याग

    कार दुर्घटनामा परे गायक प्रमोद खरेल

    विदेशबाट हुने काठ आयात रोक्ने कार्यक्रम ल्याउन अर्थमन्त्रीको सुझाव

    वीरगञ्जको मेयरमा राजेशमान सिंहको उम्मेदवारी दर्ता

    हेटौँडामा गठबन्धन तोडेर जसपाबाट मेयर र उपमेयरमा उम्मेदवारी दर्ता

    वीरगञ्जकाे मेयरमा एमालेबाट सरावगी र उपमेयरमा लाेसपाबाट झाको उम्मेदवारी दर्ता

    ग्यास लुकाउने ललितपुरका दुई डिपोलाई कारबाही

    जसपाले मात्र वीरगञ्जको विकास गर्न सक्ने सिर्सियावासीको भनाई

    रुसले ग्यासको व्यापारलाई हतियार बनाएको जेलेन्स्कीको आरोप

    आईपीएलमा दिल्ली र कोलकाता भिड्दै

    राप्रपा नेपालका केन्द्रीय उपाध्यक्ष पौडेलले गरे पार्टी परित्याग

    कार दुर्घटनामा परे गायक प्रमोद खरेल

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    जसपाले मात्र वीरगञ्जको विकास गर्न सक्ने सिर्सियावासीको भनाई

    News

    रुसले ग्यासको व्यापारलाई हतियार बनाएको जेलेन्स्कीको आरोप

    News

    आईपीएलमा दिल्ली र कोलकाता भिड्दै

    News

    राप्रपा नेपालका केन्द्रीय उपाध्यक्ष पौडेलले गरे पार्टी परित्याग

    News

    कार दुर्घटनामा परे गायक प्रमोद खरेल


    पत्राचार ठेगाना

    विरगंज स्ंजाल मिडिया प्रा.लि द्वारा सञ्चालित
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक -Krishna Shrivastav
    सम्पर्क ईमेल –birgunjsanjal@gmail.com
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९

    फेसबुक

    ट्विटर

    Tweets by birgunjsanjal

    Subscribe Now

    2022: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑