• समाचार
  • प्रदेश
  • विश्व
  • शिक्षा समाचार
  • स्वास्थ्य
  • विज्ञान/प्रविधि
  • खेलकुद
  • अर्थतन्त्र
  • राजनीति
  • जीवनशैली
  • कला मनोरंजन
  • अन्तर्वार्ता
  • अविस्कार
  • अन्य
  • नेपालमा थप २१ जना कोरोना संक्रतिको मृत्यु
  • About us
  • Contact us
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज / Breaking News

    विदेशबाट हुने काठ आयात रोक्ने कार्यक्रम ल्याउन अर्थमन्त्रीको सुझाव

  • वीरगंज संजाल
  • १२ बैशाख २०७९, सोमबार १७:१५
  • ३६५

    अर्थ मन्त्रालयले सोमबार वन तथा वातावरण मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग छलफल गरेको छ। त्यस्तै, दिउँसो उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालयसँग छलफल गरेको हो।
    वन मन्त्रालयसँगको छलफलमा अर्थमन्त्री जनार्दन शर्माले वनको विनाश नगरी अधिकतम प्रयोगमा जोड दिनुपर्ने बताए। उनले विदेशबाट ठूलो परिमाणमा काठ आयात भएको भन्दै नेपालकै वनमा रहेको काठको उपयोग गरी विदेशबाट हुने आयात रोक्ने कार्यक्रम ल्याउन सुझाव दिए।

    ‘अबका दिनमा विदेशबाट काठ नल्याउने नीति बनाउनुपर्‍यो। यसका लागि नेपालकै वनको काठ कति समयमा, कति मात्रामा प्रयोग गर्न सकिन्छ भन्ने मूल्यांकन गरौं। यसको अर्थ वनको विनाश गर्ने होइन, प्रयोग गर्ने भन्ने बुझ्नुहोला,’ उनले भने।
    वन तथा वातावरण मन्त्रालयले मधेश प्रदेशमा वृक्षारोपण कार्यक्रमको अभियान चलाउने गरी नीति-कार्यक्रम र बजेटमा समावेश गर्न आग्रह गरेको थियो। त्यसक्रममा मन्त्री शर्माले ठूलो संख्यामा विरुवा उत्पादन गरी मधेशमा वितरण गर्ने प्रस्ताव आए बजेटमा समावेश गरिदिने बताएका थिए।

    स्थानीय सहकारी र समूह परिचालन गरी जडिबुटी उत्पादन र प्रशोधनमा लगानी गर्ने कार्यक्रम ल्याउन उनले निर्देशन दिएका थिए।
    ‘हामीले दाँत कोट्याउने सिन्का विदेशबाट आइरहेको छ। अनि हाम्रा वनका रुख र काठहरू कुहिएर खेर गइरहेका छन्। अबका दिनमा यस्ता नीति सच्चिने गरी अगाडि बढ्नु जरुरी छ,’ मन्त्री शर्माले भने। छलफलमा अर्थ सचिव मधुकुमार मरासिनीले बनको विनाश नगरी अधिकतम उपयोग गरे ठूलो मात्रामा सरकारले राजस्व पाउने बताए।

    भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँगको छलफलमा अर्थमन्त्री शर्माले केन्द्र, प्रदेश र स्थानीय तहले कस्ता सडक आयोजना निर्माण गर्ने भन्ने विषयमा यकिन गरी बजेट र कार्यक्रम प्रस्ताव गर्न निर्देशन दिए।
    ‘निर्माणाधिन पुल, सडकलाई टुंगाउने गरी यसपालि बजेट राखौं। सबै केन्द्रले पनि बनाउने होइन। छोटो पुलहरू प्रदेशलाई बनाउन दिएपनि हुन्छ,’ उनले भने,‘प्रदेशले ट्र्या खोलेका र नयाँ बनाएका सडक मर्मतको जिम्मेवारी स्थानीय तहलाई दिनुपर्छ।’

    छलफलमा अर्थमन्त्री शर्माले निर्यात प्रतिस्थापनका लागि उत्पादन वृद्धि र रोजगारी सृजनाका कार्यक्रम थपेर ल्याउन आग्रह गरे। कुन क्षेत्रका उद्योगले कति उत्पादन वृद्धि र कति रोजगारी सृजना गर्छन् भन्ने तथ्यांकसहित अर्को बैठकमा उपस्थित हुन उनले निर्देशन दिए।
    समयमै किसानको धान सरकारले किनेर उत्पादन वृद्धिको लक्ष्य हाँसिल हुने गरी कार्यक्रम प्रस्ताव गर्न वाणिज्य तथा आपूर्ती सचिव पाण्डेलाई निर्देशन दिए।

    दिउँसो १ बजेबाट उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालयसँग भएको बैठकमा मन्त्रालयको तर्फबाट उद्योगमन्त्री दिलेन्द्रप्रसाद बडू, उद्योग सचिव अर्जुनप्रसाद पोख्रेल, वाणिज्य तथा आपूर्ती सचिव डा. गणेशप्रसाद पाण्डेलगायतको उपस्थिति थियो। उद्योग मन्त्रालयले नीति-कार्यक्रम र बजेटमा समाावेश गर्नुपर्ने विषयहरूको प्रस्तुतीकरण दिएको थियो।
    त्यसक्रममा प्रस्तावित कार्यक्रमबाट २५ हजार ४ सयलाई रोजगारी सृजना हुने, नयाँ ठाउँमा विशेष औद्योगिक क्षेत्र स्थापना गर्नुपर्ने, भएका औद्योगिक क्षेत्रलाई मर्मत संभार गर्ने, पेट्रोलियम पाइपलाइन विस्तार गर्ने लगायतका प्रस्ताव गरिएको थियो।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • जसपाले मात्र वीरगञ्जको विकास गर्न सक्ने सिर्सियावासीको भनाई
  • रुसले ग्यासको व्यापारलाई हतियार बनाएको जेलेन्स्कीको आरोप
  • आईपीएलमा दिल्ली र कोलकाता भिड्दै
  • राप्रपा नेपालका केन्द्रीय उपाध्यक्ष पौडेलले गरे पार्टी परित्याग
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    जसपाले मात्र वीरगञ्जको विकास गर्न सक्ने सिर्सियावासीको भनाई

    रुसले ग्यासको व्यापारलाई हतियार बनाएको जेलेन्स्कीको आरोप

    आईपीएलमा दिल्ली र कोलकाता भिड्दै

    राप्रपा नेपालका केन्द्रीय उपाध्यक्ष पौडेलले गरे पार्टी परित्याग

    कार दुर्घटनामा परे गायक प्रमोद खरेल

    विदेशबाट हुने काठ आयात रोक्ने कार्यक्रम ल्याउन अर्थमन्त्रीको सुझाव

    वीरगञ्जको मेयरमा राजेशमान सिंहको उम्मेदवारी दर्ता

    हेटौँडामा गठबन्धन तोडेर जसपाबाट मेयर र उपमेयरमा उम्मेदवारी दर्ता

    वीरगञ्जकाे मेयरमा एमालेबाट सरावगी र उपमेयरमा लाेसपाबाट झाको उम्मेदवारी दर्ता

    ग्यास लुकाउने ललितपुरका दुई डिपोलाई कारबाही

    जसपाले मात्र वीरगञ्जको विकास गर्न सक्ने सिर्सियावासीको भनाई

    रुसले ग्यासको व्यापारलाई हतियार बनाएको जेलेन्स्कीको आरोप

    आईपीएलमा दिल्ली र कोलकाता भिड्दै

    राप्रपा नेपालका केन्द्रीय उपाध्यक्ष पौडेलले गरे पार्टी परित्याग

    कार दुर्घटनामा परे गायक प्रमोद खरेल

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    जसपाले मात्र वीरगञ्जको विकास गर्न सक्ने सिर्सियावासीको भनाई

    News

    रुसले ग्यासको व्यापारलाई हतियार बनाएको जेलेन्स्कीको आरोप

    News

    आईपीएलमा दिल्ली र कोलकाता भिड्दै

    News

    राप्रपा नेपालका केन्द्रीय उपाध्यक्ष पौडेलले गरे पार्टी परित्याग

    News

    कार दुर्घटनामा परे गायक प्रमोद खरेल


    पत्राचार ठेगाना

    विरगंज स्ंजाल मिडिया प्रा.लि द्वारा सञ्चालित
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक -Krishna Shrivastav
    सम्पर्क ईमेल –birgunjsanjal@gmail.com
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९

    फेसबुक

    ट्विटर

    Tweets by birgunjsanjal

    Subscribe Now

    2022: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑