वाइसीएल नेपालले वीरगंजमा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला जलायो

वाइसीएल नेपालले वीरगंजमा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला जलाएको छ ।रगंजको लिंक रोडमा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला जलाएको छ।नेकपा माओवादी केन्द्र निकट वाइसीएल नेपालले देशभरी राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गरेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको असंबैधानिक र प्रतिगामी कदम संसद विघटनविरुद्ध पुत्ला दहन गरिएको वाइसीएल नगर अध्यक्ष बिकास पटेलले जनाएका छन् । वीरगंज, काठमाडौं, भक्तपुर, ललितपुरलगायत देशका विभिन्न स्थानमा पुत्ला दहन गरिएको उनले बताए ।

अध्यक्ष पटेलले संकटको घडीमा मध्यराति सुनियोजित तवरले संसदको हत्या गर्नु प्रधानमन्त्री र राष्ट्रपतीको नालायकी र कायरपन भएको आरोप लगाए ।क्रान्तिकारी देशभक्त युवाहरुलाई आफ्नो ठाउँबाट यस्तो गलत प्रबृत्ति र ब्यक्तिको विरोध गर्न उनले अपिल पनि गरेका छन् ।

वीरगंजमा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला जलाउने मा वाइसीएल प्रदेश २ को सदस्य दिलिप कुमार गुप्ता ,वाइसीएल वार्ड अध्यक्ष दिपक साह लगायत सदस्य राजेश साह ,रितेश महतो ,दिपक गुप्ता को उपस्तिती रहेको थीयो।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

%d bloggers like this: