नारायणी अस्पतालमा गुटगत राजनीति हावी, सिनियर हुँदाहुँदै जुनियरलाई जिम्मेवारी

वीरगञ्ज । वीरगञ्जको नारायणी अस्पतालमा गुटगत राजनीति हावी भएको छ । नारायणी अस्पतालको निमित्त मेडिकल सुपरिटेण्डेण्टमा डा. बिरेन्द्र बहादुर प्रधान नियुक्ती भएदेखि अस्पतालमा गुटगत राजनीति मौलाएको हो ।

डा. प्रधानले आफु निकटका चिकित्सकहरुलाई जिम्मेवारी दिने गरेको खुलेको छ । खुलेको भन्दा पनि स्रोतका अनुसार निमित्तको जिम्मेवारी भर्खरै प्राप्त गरेका डा. प्रधान आफुलाई स्थाई रुपमै मेसु बनाउन काठमाण्डौ गएको बुझिएको छ ।

आफु काठमाण्डौ जाँदा सिनियर डाक्टर हुँदा हुँदै जुनियर डाक्टरलाई निमित्त मेडिकल सुपरिटेण्डेण्टको जिम्मेवारी दिनुले पनि उक्त कुरा प्रमाणित गरेको छ । डा. प्रधानले नि.मेसुको जिम्मेवारी सम्हालेदेखि यसअघि कोरोना संक्रमितको उपचारमा खटिँदै आएका डा. सरोजरोशन दासको जिम्मेवारी पनि खोसिएको छ ।

कोभिड संयोजकको रुपमा काम गर्दै आएका डा. दासलाई सहायक कोभिड संयोजकको रुपमा काम गर्न जिम्मेवारी दिँदा उनले अस्विकार गरेपछि अहिले कोभिड फोकल पर्सन बनाइएको छ । कोभिड संयोजकको जिम्मेवारी पनि डा. उदयनारायण सिँहलाई नै दिइएको छ ।

डा. सिँह आठौँ तहका हुन् भने डा. दास नवौँ तहका हुन् । त्यसैगरी डा. एनामुल हकलाई पनि मेडिकल डाइरेक्टरको पदबाट जिम्मेवारी मुक्त गरिएको छ । डा. हक दशौँ तहका चिकित्सक हुन् ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

%d bloggers like this: