६ हजार एमएएच ब्याट्रीसहित सामसङ ग्यालेक्सी एम ३२ आउँदै

वीरगञ्ज । सामसङले ग्यालेक्सी एम सिरिजअन्तर्गत नयाँ स्मार्टफोन ल्याउने भएको छ । डेक्रा सर्टिफिकेशन एजेन्सीले सार्वजनिक गरेकाे विवरणमा सामसङले ६ हजार एमएएच ब्याट्री भएको ग्यालेक्सी एम ३२ ल्याउन लागेको उल्लेख गरिएकाे छ ।

माेडल नम्बर एसएम-ए३२५एफभी/डीएस (SM-M325FV/DS) मा आउने यो फोनले हालै वाईफाई एलायन्स सर्टिफिकेशन प्राप्त गरेको छ । यसअन्तर्गत एम३२ डुअल ब्याण्ड वाईफाई (२ गिगाहर्ज र ५ गिगाहर्ज फ्रिक्वेन्सी) सहित आउने भएकाे छ ।

सो विवरणमा फोनबारे अधिक फिचर खुलाइएको छैन । विभिन्न स्रोतले यसमा एन्ड्राेइड ११, ६.४ इन्चको एमोलेड डिस्प्ले र ६४ मेगापिक्सेलको मुख्य क्यामेरा, ६ जीबी र्‍याम रहने उल्लेख गरेका छन् ।

कम्पनीले एम सिरिजका फोन मिडरेञ्ज सेगमेन्टमा उपलब्ध गराउँदै आएको छ । विश्लेषकरूले यो फोन पनि फरक डिजाइन र सस्तो मूल्यमा उपलब्ध हुने अनुमान गरेका छन् ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

%d bloggers like this: