प्रदीपलाई मन्त्री नबनाउँदा उपेन्द्र यादवको पुतला दहन

सांसद यादवनिकट नेता–कार्यकर्ताहरूले कालो झन्डासहित मोटरसाइकल जुलुस निकालेका हुन् । जुलुसमा सहभागीले अध्यक्ष यादवविरुद्ध चर्काे नाराबाजी गरेका थिए l

सांसद प्रदीपका कार्यकर्ताले उपेन्द्र यादवलाई वीरगन्जमा प्रवेश गर्न नदिने चेतावनी पनि दिएका छन् ।

मोटरसाइकल जुलुस घण्टाघर चोकमा पुगेपछि उपेन्द्र यादवको पुतला दहन गरिएको थियो ।

शुक्रबार जसपाबाट केन्द्रीय सरकारमा चारजना मन्त्रीले शपथ लिएका थिए । सांसद प्रदीपको योगदानको कदर नभएको समर्थकहरूको भनाइ छ ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

%d bloggers like this: