पाकिस्तानको परमाणु वैज्ञानिक अब्दुल कदिरको मृत्यु

वीरगञ्ज— पाकिस्तानलाई परमाणु शक्ति राष्ट्र बनाउन नेतृत्व गरेका परमाणु वैज्ञानिक अब्दुल कदिर खानको  निधन भएको छ । पाकिस्तानमा परमाणु कार्यक्रम सञ्चालन गर्न मुख्य भूमिका खेलेका खानको ८५ वर्षको उमेरमा आइतबार बिहान उपचारको क्रममा निधन भएको हो। खानको नेतृत्वमा पाकिस्तानले सन् १९९८मा परमाणु हतियारको सफल परीक्षण गरेको थियो । पाकिस्तान परमाणु हतियार निर्माण गर्ने पहिलो इस्लाम मुलुक हो ।

पाकिस्तानी प्रधानमन्त्री इमारन खानले उनको निधनप्रति दुःखद व्यक्त गरेका छन् । उनले ट्वीट गर्दै भनेका छन्,’पाकिस्तानलाई परमाणु हतियार सम्पन्न बनाउन महत्वपूर्ण भूमिका खेलेका कारण पाकिस्तानी जनताले धेरै माया गर्थे । ‘

सन् २००६ मा प्रोस्टेट क्यान्सर उपचारको क्रममा शल्यक्रिया गरिएको थियो । पछिल्लो समय उनी अस्वस्थ्य भएपछि अस्पताल भर्ना गरिएको थियो। खानमाथि उत्तर कोरिया, इरान र लिबियालाई परमाणु प्रविधि बेचेको कारण विवादमा परेका थिए । सन् २००४ मा त्यहाँको एक सरकारी टेलिभिजनसँगको अन्तर्वार्तामा उत्तर कोरिया, लिबिया र इरानलाई परमाणु प्रविधि उपलब्ध गराएको स्वीकार गर्दै त्यसका लागि माफी मागेका थिए । त्यस समयदेखि उनलाई पाकिस्तानी सरकारले राजधानी इस्लामावादस्थित घरमा कडा निगरानीमा राखेको थियो ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

%d bloggers like this: