मानसिक स्वास्थ्य समस्या बारेमा खुलेर कुरा गरौ हामी

बीरगंज– मानसिक स्वास्थ्य समस्या बारे खुलेर कुरा गर्न सरोकारवालाहरुले जोड दिएका छन्। विश्व मानसिक दिवसको अवसरमा मानसिक एवं मनोसामाजिक सुस्वास्थ्यको राष्ट्रिय अभियान नेपाल सहित विभिन्न संस्थाको संयुक्त आयोजनामा भएको कार्यक्रममा सरोकारवालाहरुले मानसिक स्वास्थ्य समस्या बारे खुलेर कुरा गर्न जोड दिएका हुन्।कार्यक्रममा स्वास्थ्य राज्यमन्त्री भवानी प्रसाद खापुङले मानसिक स्वास्थ्यका विषयलाई प्राथमिकताका साथ चासो दिएको बताए। मानसिक स्वास्थ्यका विषयमा आफूले गर्न सक्ने काम गर्ने राज्यमन्त्री खापुङको प्रतिवद्धता थियो।

त्रिवि शिक्षण अस्पतालका मानसिक स्वास्थ्य विभाग प्रमुख प्राडा सरोज ओझाले मानसिक स्वास्थ्यका मुद्दाहरु अझै पनि सम्बोधन हुन नसकेको बताए। सामाजिक लाञ्छना, भेदभाव र जनचेतनाको अभावले मानसिक समस्या लुकाउन बाध्य भएको डा ओझाले बताए।

मानसिक एवं मनोसामाजिक सुस्वास्थ्यको राष्ट्रिय अभियान नेपालका सभापति एवं मनोविद गोपाल ढकालले कोरोना महामारीले मानसिक स्वास्थ्यमा असर पुगेको बताए। अझै पनि कयौँ समस्याहरु ओझेलमा रहेको उनको भनाई थियो।दिवसको अवसरमा चिकित्सक, विभिन्न संस्था, पत्रकारसहित १३ जनालाई सम्मान समेत गरिएको छ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

%d bloggers like this: