हङकङ चरेस पठाउने गिरोह काठमाडौंमा समातियोको छ ।

२४ असोज, काठमाडौं । प्रहरीको लागू औषध नियन्त्रण ब्यूरो कोटेश्‍वरले नेपालबाट हङकङ चरेस कारोबार गर्ने गिरोहलाई पक्राउ गरेको छ ।

२०७८ साल असोज १४ गते लागू औषध नियन्त्रण ब्यूरो कोटेश्वर र महानगरीय प्रहरी परिसर ललितपुरको संयुक्त टोलीले ललितपुर-२० मानभवनस्थित ब्‍लूस्टार कार्गोबाट हङकङ पठाउन लागेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो। प्रहरीले उनीहरुको साथबाट ७ केजी ९७७ ग्राम चरेस र नगद १ लाख बरामद गरेको छ ।ब्युरोका अनुसार हङकङ पठाउन लागेको ९ थान थाङ्का र सोमा प्रयोग हुने काठको डण्डीभित्र लुकाइ राखिएको लागू औषध चरेस-३ के.जी. ५० ग्रामसहित उर्लाबारी-८ घर भएका ३२ वर्षीय अन्जित थापालाई पक्राउ गरिएको हो।

यस्तै अनुसन्धान गर्ने क्रममा सोही दिन अन्जित थापालाई उक्त चरेस दिने सुनकोसी गाउँपालिका-५ घर भइ हाल हात्तिवन बस्‍दै आएका ३० वर्षीय सुजन श्रेष्ठ,
सुजन श्रेष्ठलाई चरेस दिने लिखसु गाउँपालिका-५ सिन्धुपाल्चोकका ४१ वर्षीय सागर भन्‍ने जालिन्द्र श्रेष्ठ पक्राउ परेका छन् ।

पक्राउ परेका जालिन्द्रको कोठाबाट प्रहरीले सानो थाङ्कामा प्रयोग हुने आयातकार आकारको काठको ९६ थान लिस्टिभित्र लुकाएर राखेको २ केजी ४० ग्राम चरेस, २ वटा फेबिकलको २ वटा डब्बा, फलामको २ वटा हेक्सा ब्लेड, २ वटा छिना, एउटा चक्कु, २ वटा हथौडा, १ वटा धार लगाउने सिलेली, २ वटा फरामको ढुङ्ग्रो, ४ वटा रोल गरिएको टेप बरामद गरेको छ ।

यस्तै अनुसन्धान गर्दैजाँदा असोज १५ गते सखुवा पर्सौनी घर भइ हाल काठमाडौं महानगरपालिका ६ बौद्ध बस्‍दै आएका सिलाई बुनाइको काम गर्ने दिनदयाल महतो उरावँकोर दीपेन्द्र महतोलाई समेत पक्राउ गरेको छ ।उनीहरुको साथबाट ब्‍युरोले सानो थाङ्कामा प्रयोग हुने आयातकार आकारको काठको लिस्टि -११३ थानमा लुकाई छिपाई राखिएको २ के.जी. ८७५ ग्राम लागू औषध चरेस, डिजिटल तराजू -३, सिलाई मेशिन -१, रोलिङ मेशिन -१, फेबिकोल -२, सोली आकारको डमरू जस्तो देखिने हस्तकला -७ वटा सामान लगायत नगद रु. १ लाख बरामद गरेको छ।

यस्तै सागर भन्ने जालिन्द्र श्रेष्ठ र सुजन श्रेष्ठलाई लागू औषध चरेस बिक्री गरेको आरोपमा असोज १५ गते काठमाडौं महानगरपालिका-१४ बाट थाहा नगरपालिका-११ बस्ने ४५ वर्षीय रबि मुक्तानलाई ब्युरोले पक्राउ गरेको छ । उनको कोठाबाट प्रहरीले ९ ग्राम ५०० मिलीग्राम चरेश बरामद गरेको छ ।

यस्तै कलंकीबाट रबि मुक्तानलाई लागू औषध चरेस उपलब्ध गराउने थाक्रे गाउपालिका-३ धादिङका २३ वर्षीय मोतीलालई तामाङलाई २ ग्राम ५ ०० मिलिग्राम चरेससहित पक्राउ गरेको लागू औषध नियन्त्रण ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक जीवन कुमार श्रेष्ठले बताए ।प्रहरी उपरीक्षक जीवन श्रेष्ठका अनुसार पक्राउ परेका उनीहरुलाई लागू औषध (नियन्त्रण) ऐन २०३३ अन्तर्गत कानुन बमोजिम म्यादथप गरी आवश्यक थप अनुसन्धान गर्ने कार्य भइरहेको छ ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

%d bloggers like this: